वेबटिभी खबर
धनगढी । रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी(नाउपा)का नेताहरूलाई डिल्ली बजार कारागार बोलाएका छन् ।
सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले उनीविरूद्ध गरेको जन्मकैदको फैसलालाई सदर गरेपछि सोही विषयमा छलफल गर्न नेताहरूलाई कारागार बोलाएका हुन् ।
न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार जिल्ला र उच्च अदालतको फैसलालाई सदर गरेको हो ।
सर्वोच्चको फैसलाबारे छलफल गर्न बुधबार बिहान १० बजे कारागार बोलाएकको नाउपाका एक नेताले जानकारी दिए । त्यस्तै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल चल्ने उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij