वेबटिभी खबर
मस्को । रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले रूसले इरानलाई अत्याधुनिक उपग्रहको आपूर्ति गर्ने तयारी गरिरहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको भनी वाशिंटन पोस्टमा हालै प्रकाशित समाचारको खण्डन गरेका छन् ।
उनले वाशिंटन पोष्टमा आएको समाचारलाई इन्कार गर्दै भने, 'यो केवल भ्रामक सूचना हो । मलाई यो कुरा जानकारी छैन । यसबारे जसले कुरा गर्दैछन्, उनीहरूलाई शायद यसबारे बढी थाहा होला । यो अर्थहीन प्रचार मात्र हो ।'
वाशिंटन पोष्टमा तेहरानले यस क्षेत्रमा सैनिक लक्ष्यहरू ट्र्याक गर्न सक्ने ‘सेटलाइट’ दिने तयारी रहेको भनी शुक्रबार प्रकाशित समाचारलाई इन्कार गर्दै भने, हाम्रो द्विपक्षीय सम्बन्ध छ जुन पछिल्लो वर्षमा सबैभन्दा निम्न अवस्थामा पुगेको छ ।
रूसी राष्ट्रपति पुटिनले एनबीसी न्यूजलाई शुक्रबार दिएको अन्तर्वार्तामा पुटिनले आफु अमेरिकी समकक्षी जो बाइडेनसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
रूसी राष्ट्रपतिले रूस र अमेरिकाबीचको सम्बन्धहरू पछिल्ला वर्षमा कमजोर विन्दुमा पुगेको बताइरहेका समय यही जुन १६ गते दुई नेताबीच स्वीट्जरल्याण्डको जेनेभामा भेटवार्ता हुने कार्यक्रम रहेको छ ।
बाइडेन राष्ट्रपति निर्वाचित भएपछि पहिलोपटक विदेश यात्रामा युरोप पुगेका छन् । पछिल्ला वर्षहरुमा वाशिंटन र मस्कोबीचको सम्बन्ध तनावपूर्ण रहेको छ ।
युक्रेन, साइबर सुरक्षा, मानव अधिकार र अमेरिकाको चुनावमा भएको भनिएको हस्तक्षेपसँग सम्बन्धित मुद्दाहरूमा दुवै पक्षबीच परस्पर भिन्न मत रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij