Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कटान रोक्न ‘आपत्कालीन तटबन्ध’ निर्माण

कटान रोक्न ‘आपत्कालीन तटबन्ध’ निर्माण

  • 261
    SHARES
  • कटान रोक्न ‘आपत्कालीन तटबन्ध’ निर्माण

    बाँके । प्रत्येक बर्खामा कटान हुने बाँकेको राप्ती सोनारी-२ कचनापुरस्थित दुईमा ‘आपत्कालीन तटबन्ध’ निर्माण सुरु गरिएको छ ।

    लुम्बिनी प्रदेश सांसद कृष्णा केसीको पहलमा ‘आपत्कालीन तटबन्ध’ निर्माण सुरु गरिएको हो । सांसद केसीका अनुसार यसका लागि जलस्रोत मन्त्रालयमार्फत दुई करोड बजेट निकासा भएको छ ।

    ‘सकेसम्म वर्षायाम अगाडि नै काम पूरा गर्ने गरी लागेका छौँ, विगतमा ठूलो क्षति पुर्‍याएको छ, हेक्टरौँ हेक्टर जमिन कटान भएर गएको छ’, सांसद केसीले भनिन् । विगत दुई दिनदेखि राप्तीमा कटान नियन्त्रणसम्बन्धी काम भइरहेको जनताको तटबन्ध कार्यालय लमहीका इन्जिनियर सूर्यदेव नायकले बताए ।

    राप्तीमा पानीको बहाव बढेकाले तारजालीको तटबन्ध गर्न समस्या हुने भएपछि आकस्मिक रोकथामको प्रयासस्वरुप अहिले ठूलाठूला ढुंगा नदी छेउमा राख्ने गरिएको इन्जिनियर नायकले जानकारी दिए ।

    उक्त क्षेत्रमा करिब दुई सय २५ मिटर बराबर तटबन्ध गर्ने योजना रहेको छ । उनले ठूला ढुंगा राख्दा नदीले काट्न गर्न नपाउने बताउँदै ३० सेन्टी मिटरभन्दा कम ढुंगा नराखिने बताए ।

    कचनापुरको मदुई, फत्तेपुरको खल्ला झगडिया, नरैनापुरको भोजभगवानपुरलगायत नौ स्थानमा कटान नियन्त्रण गर्न आवश्यक रहेको इन्जिनियर नायकको भनाइ छ ।कचनापुरका स्थानीय प्रेमबहादुर भण्डारीले राप्ती नदीले आफ्नो करिब १२ बिघा जमिन कटान गरेको बताए ।

    ‘करिब ३० बिघा पक्का जमिन कटान भइसकेको छ, बिनौना र मदुवाको बीचमा पुलमा पनि क्षतिको सम्भावना छ ।’ नदी नियन्त्रणका लागि ठेक्का लागे पनि काम नभएको उनको भनाइ छ ।

    राप्तीको बाढीले अहिलेसम्म करिब ३० बिघा पक्का जमिन कटान गरिसकेको छ । २०७४ मा आएको बाढीले राप्तीको खेतीयोग्य जमिन कटान गर्न सुरु गरेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij