Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

रूपान्तरण अभियानले पार्टीलाई थप बलियो बनाएको छ : शेखर कोइराला

रूपान्तरण अभियानले पार्टीलाई थप बलियो बनाएको छ : शेखर कोइराला

  • 210
    SHARES
  • रूपान्तरण अभियानले पार्टीलाई थप बलियो बनाएको छ : शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी रूपान्तरण अभियानले पार्टीलाई थप बलियो बनाएको बताएका छन् ।

    कांग्रेस पूर्वजिल्ला सभापतिले बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक चुनौती र नेपाली कांग्रेसको दायित्व’ विषयक विचार गोष्ठीमा उनले पार्टी रूपान्तरणका सिलसिसिलामा आएका सुझावलाई कार्यान्वयन गर्न सके पार्टी झन् बलियो हुने बताए ।

    नेता डा.कोइरालाले कांग्रेसलाई विधानअनुसार अगाडि बढाउन सके पार्टीभित्रको चुनौती कम हुँदै जाने उल्लेख गरे । उनले भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए कांग्रेसको औचित्यसमेत समाप्त हुने बताए ।

    उनले भने, ‘जता हेर्यो त्यतै भ्रष्टाचार भएको देखिन्छ, भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए कांग्रेसको औचित्य समाप्त हुन्छ ।’

    फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको उनको भनाइ थियो । नेता डा.कोइरालाले केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टीलाई विधि र विधानसम्मत रूपमा चलाउने विश्वास व्यक्त गरे ।

    कांग्रेस उपसभापति धनराज गुरुङले मुलुकको रूपान्तरणका लागि पार्टीभित्र रूपान्तरणको खाँचो रहेको बताए । उनले भने, ‘कांग्रेसभित्र रूपान्तरणको मुद्दा सकिएको छैन, १५औँ महाधिवेशनमा पार्टीको नेतृत्व बदल्ने हो ।’

    कानून, न्याय तथा संसदीय मामिलामन्त्री मन्त्री गुरुङले उच्च तहका नेताको सम्पत्ति छानबिन गर्न छानबिन समिति आयोग गठन गर्ने बताए ।

    उनले भ्रष्टाचारका ठूलाठूला फाइल खोल्दै अनियमितता गर्नेलाई कानूनी कठघरामा उभ्याइने बताए । उनले भने, ‘राम्रो काम गर्दा मन्त्री पद गए जान्छ तर निष्ठा, विचार र सिद्धान्त छाड्दिन ।’

    कांग्रेस नेता डा चन्द्रकान्त भण्डारीले पार्टीको नेतृत्व युवाले लिनुपर्ने बताए । उनले पार्टीलाई अगाडि बढाउनका लागि युवाहरू एकजुट हुनुको विकल्प नरहेको उल्लेख गरे ।

    कांग्रेस नेता गुरुराज घिमिरे, मधु आचार्य, जगदीश्वरनरसिंह केसीलगायतले पार्टीलाई रूपान्तरण गरेर अगाडि बढ्न सकेमात्र कांग्रेसको आगामी भविष्य राम्रो हुने बताएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij