वेबटिभी खबर
काठमाडौं । काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ बारे निर्णय गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार साँझ ५ बजेपछि बैठक बस्ने तयारी भएको हो ।
ललितपुरमा प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौलाले निषेधाज्ञा केही खुकुलो बनाउने विषयमा छलफल हुने जानकारी दिए । ‘केही क्षेत्र खुकुलो बनाउने विषयमा छलफलमा छौं, निजी सवारीसाधनको हकमा जोर बिजोर लागू हुनसक्छ,’ निरौलाले भने, ‘सार्वजनिक सवारीमा हकमा भने तत्काल कुनै निर्णय हुन सक्ने देखिँदैन ।’
यसअघि ३० जेठमा तीनै जिल्लाका प्रजिअको बैठकले ३१ गते मध्यरातदेखि ७ असार मध्यरातसम्म निषेधाज्ञा थपेको थियो । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकमा ‘स्मार्ट लकडाउन’ बारे पनि छलफल हुँदैछ । बुधबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले स्मार्ट लकडाउन गर्ने निर्णय गरेका थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij