Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

संस्कृति र प्रकृतिमैत्री पर्यटन हुनुपर्छ : पर्यटनमन्त्री किराती

संस्कृति र प्रकृतिमैत्री पर्यटन हुनुपर्छ : पर्यटनमन्त्री किराती

  • 169
    SHARES
  • संस्कृति र प्रकृतिमैत्री पर्यटन हुनुपर्छ : पर्यटनमन्त्री किराती

    कास्की । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अबको पर्यटन संस्कृति र पर्यटनमैत्री हुनुपर्ने बताएका छन् ।

    विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सञ्चालन गर्दै आएको ‘हेम देवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कार-२०८०’ अर्पण समारोहलाई आज पोखरामा सम्बोधन गर्दै उनले नेपाली पर्यटनलाई नेपालको मौलिकतामा विकास गर्नुपर्ने बताएका हुन् ।

    उनले भने, ‘अबको पर्यटनको विकासको ‘मोडालिटी’ संस्कृति र प्रकृतिमैत्री हुनुपर्दछ, अर्काको देशको नक्कल गरेर हामीले कहिल्यै पनि प्रतिस्पर्धा गर्न सक्दैनौँ, नेपाली मौलिकताको पर्यटन संस्कृति र प्रकृतिको समायोजननै हो ।’

    पर्यटनमन्त्री किरातीले केही वर्षमा नै नेपाल संसारकै पर्यटनको केन्द्र बन्ने उल्लेख गरे । विश्वका लाखौँ पर्यटक एकान्तमा ध्यानका लागि नेपालजस्तो सुन्दर भूमिमा आउने उल्लेख गर्दै उहाँले प्रत्येक चोक, मन्दिर, वेशभूषा तथा भाषाभाषी पर्यटनका गन्तव्य बन्ने जिकिर गरे ।

    गण्डकी प्रदेशका दुई प्रख्यात धार्मिकस्थल मुक्तिनाथ र विन्ध्यवासिनीलाई धार्मिक पर्यटनसँग जोड्नुपर्नेमा उनले जोड दिए ।

    उनले भने, ‘पाहुनाको सुन्दर मनलाई विन्ध्यवासिनीको दर्शनले थप सुन्दर बनाउने छन्, तपाईको जति सफा हृदय छ त्यति नै यहाँ आएर थप शुद्धता भएर जानुपर्दछ भनेर पर्यटकलाई आकर्षित गर्नु आवश्यक छ ।’

    कार्यक्रममा मन्त्री किरातीले मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य महाराज (मुक्तिनाथ बाबा)लाई ‘हेम देवी धर्म संस्कृति तथा समाज सेवा पुरस्कार-२०८०’बाट पुरस्कृत गरे ।

    पुरस्कारको राशी एक लाख एक हजार रूपैयाँ र सम्मानपत्र रहेको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष हेमबहादुर प्रधानले आफ्ना बुबा÷आमाको नाममा १५ लाखको अक्षयकोष खडा गरी सो पुरस्कार स्थापना गरेका हुन् ।

    समितिका अध्यक्ष गणेबहादुर श्रेष्ठले नेपालको पवित्र तीर्थस्थल मुक्तिनाथ, विन्ध्यवासिनी, बागलुङको पञ्चकोटलगायतका धार्मिकस्थल तथा शक्तिपीठको विकास एवं सनातन धर्म संस्कृतिमा पुर्याएको योगदानस्वरुप स्वामी कमलनयनाचार्यलाइृ सो पुरस्कार प्रदान गरिएको बताए ।

    नेपालको सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई हरेक दुई वर्षमा सो पुरस्कार प्रदान गर्ने गरिएको समितिका सचिव तीर्थ श्रेष्ठले बताए । यसअघि यस पुरस्कारबाट सत्यमोहन जोशी, आत्मानन्द गिरी, तुलसी दिवस र दुर्गा घिमिरे पुरस्कृत भइसक्नुभएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij