वेबटिभी खबर
काठमाडौं । औषधि उत्पादक कम्पनी नेशनल हेल्थ केयरले नेपालमै रेम्डिसिभिरको उत्पादन र बिक्रि वितरण सुरु गरेको छ । कम्पनीले सोमबार विज्ञप्ति जारी गर्दै अमेरिकाको एफडिएले स्वीकृति समेत दिएको औषधि रेम्डिसिभिर उत्पादन र बिक्री वितरण सुरू गरेकाे जनाएको हो ।
औषधिको उत्पादनका लागि गत ३१ वैशाखमा स्वीकृति पाएको र १३ असारमा मार्केटिङ लाइसेन्स प्राप्त गरेकाे कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । हेल्थ केयरद्वारा उप्तादित रेम्डिसिभिरको ब्रान्ड नाम रेम्सिभिर रहेको छ । रेम्सिभिरको प्रति भाइलको अधिकतम खुद्रा मूल्य ३५ सय तोकिएको छ ।
कोरोनाको दोस्राे लहरमा रेम्डिसिभिरको चरम अभाव भोग्नु परेकोले देशभित्रै अत्यावश्यक औषधि उत्पादनमा जोड दिइएको हो । यसअघि औषधि व्यवस्था विभागले नेपालमै रेम्डिसिभर उत्पादनका लागि नेपाल औषधि उत्पादक संघलाई पनि अनुमति दिएको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij