Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

उदयपुरमा स्थानीय र प्रहरीबीच झडप, चार प्रहरी घाइते

उदयपुरमा स्थानीय र प्रहरीबीच झडप, चार प्रहरी घाइते

  • 858
    SHARES
  • उदयपुरमा स्थानीय र प्रहरीबीच झडप, चार प्रहरी घाइते

    उदयपुर । कबुलियती वन वनाउन लामाे समयदेखि बसोबास गर्ने सुकुम्बासीलाई उठाउन खोजिएपछि उदयपुर जिल्लाको बेलका नगरपालिकामा बुधबार झडप भएको छ । झडप नियन्त्रण लिने क्रममा चारजना प्रहरी सामान्य घाइते भएका छन् । 

    नगरपालिकाको वडा ३ स्थित करिब १२७ हेक्टर जमिनलाई कबुलियत वन बनाउने निर्णय भएपछि सो जग्गामा बसोबास गर्नेले नगरपालिका घेरेका थिए । सोही क्रममा दिउँसो स्थानीय र प्रहरीबीच झडप भएको हो । प्रहरीले झडप नियन्त्रणको लागि ६ राउण्ड हवाई फायर र बीस राउण्ड अश्रुग्यास प्रयोग गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार नगरपालिका क्षेत्रसहित नगरको वडा नम्बर ३ को झण्डै १२६ हेक्टर जग्गालाई हालै नेपाल सरकारले कबुलियत बन बनाउने निर्णय गरेर वन बनाउन प्रक्रिया शुरु हुँदा आज सो जग्गामा बसोवास गर्दै आएका जनता नगरपालिका घेर्न आएपछि प्रहरीसँग झडप भएको हो । 

    सो सरकारी जग्गामा लामो समयदेखि बसोवास गर्दै आएका जनताले जग्गाको लालपूर्जा आफूहरुले पाउनुपर्ने भन्दै नगरपालिकाको कार्यालय घेराउ गरेपछि उनीहरुलाई हटाउने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए ।

    नगरपालिका घेरेर आन्दोलन गरेका आन्दोलनकारीलाई सम्झाइबुझाई हट्न भनेको र जबरजस्ती गरेपछि सामान्य बल प्रयोग गर्नु परेको प्रहरीले बताएको छ । दुई पक्षीय झडपमा नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरीका दुई गरी चार प्रहरी जवान घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    लामो समयदेखि सुकुम्बासीको रुपमा बसोबास गर्दै आएको जमिनमा नगरपालिकाले नेपाल सरकारलाई कबुलिय वन बनाउन सिफारिस गरेपछि उठिबास हुने अवस्था आएपछि स्थानीय आन्दोलित भएका हुन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij