Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

एमालेलाई राष्ट्रिय शक्तिकारूपमा स्थापित गर्नुपर्छ : शंकर पोखरेल

एमालेलाई राष्ट्रिय शक्तिकारूपमा स्थापित गर्नुपर्छ : शंकर पोखरेल

  • 173
    SHARES
  • एमालेलाई राष्ट्रिय शक्तिकारूपमा स्थापित गर्नुपर्छ :  शंकर पोखरेल

    काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको आवश्यकताका हिसाबले एमालेको सामर्थ्य कमजोर रहेको बताएका छन् ।

    राष्ट्रिय अपांगता संगठन नेपालको १६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रम उनले एमालेलाई राष्ट्रिय आवश्यकता पूरा गर्नसक्ने बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी भएको बताए ।

    देशलाई आर्थिक समस्याबाट मुक्त गर्नेजस्ता चुनौतीबाट बाहिर निकाल्ने संकल्पकासाथ पार्टी लाग्नुपर्ने बताउँदै उनले मुलुकलाई जोगाउन एमाले बलियो राष्ट्रिय पार्टीकारुपमा स्थापित हुन जरुरी रहेको बताए ।

    महासचिव पोखरेलले सबैको प्रयासले एमाले अहिलेको ठाउँमा उभिन सफल भएको भन्दै उनले त्यसमा सन्तुष्ट भएर बस्न नहुने बताए ।

    उनले पार्टीको संगठनको दायरा फराकिलो बनाउन लागिरहेको भन्दै सबै समुदायलाई संगठति गरेर पार्टीसँग जोड्नुपर्ने बताए ।

    महासचिव पोखरेलले अपाङ्गताका नाममा भएका सामाजिक विभेद र उपेक्षालाई राज्यको कानुन र संरचनागत प्रबन्धद्वारा हटाउनुपर्ने बताए । उनले अपांगता भएकाहरुको सम्मान गर्नुपर्नेमा जोड दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij