Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

आज महाशिवरात्री पर्व, देशभरका शिव मन्दिरमा भक्तजनको घुँइचो

आज महाशिवरात्री पर्व, देशभरका शिव मन्दिरमा भक्तजनको घुँइचो

  • 147
    SHARES
  • आज महाशिवरात्री पर्व, देशभरका शिव मन्दिरमा भक्तजनको घुँइचो

    काठमाडौं । आज महाशिवरात्री पर्वका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको विशेष घुँइचो लागेको छ ।

    हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ । आज विशेष गरी पशुपतिनाथ मन्दिरमा पूजा गर्न देशभरबाट भक्तजनहरु आउने गर्छन्  ।

    पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भीड लागेको छ ।

    पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको घुइँचो छ । बिहान २ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति विकास कोषले जनाएको छ ।

    पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् । यस वर्षको महाशिरात्रीमा कम्तिमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने कोषको अनुमान छ ।

    पर्वलाई लक्षित गरी कोषले पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड-रक्सी तथा मासु पूर्णरूपमा निषेध गरेको छ । आज पशुपति क्षेत्रका लागि प्रहरीले विशेष सुरक्षा योजना बनाएर लागू गरेको छ भने पर्वकै लागि पशुपति क्षेत्र विकास कोषले करिब छ सय जना स्वयम्सेवक परिचालन गरेको छ । 

     

  • सम्बन्धित विषय:

  • # घुइँचो

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij