Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

त्रिभुवन विश्वविद्यालयको सेवा अब अनलाइनबाट

त्रिभुवन विश्वविद्यालयको सेवा अब अनलाइनबाट

  • 561
    SHARES
  • त्रिभुवन विश्वविद्यालयको सेवा अब अनलाइनबाट

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ ।     

    विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत् सेवाग्राहीले अनलाइनमा आवेदन दिन र शुल्क तिर्न सक्ने व्यवस्था सुरु गरेको हो । देशका विभिन्न स्थानबाट समकक्षताका लागि कीर्तिपुरस्थित केन्द्रको कार्यालयमा नै आएर आवेदन दिनुपर्ने झन्झट अब अन्त्य भएको छ ।     

    यही असार २० गते अनलाइनको प्रयोगबाट सुदूरपश्चिम प्रदेशको कञ्चनपुर घर भई नेपाली सेनाको श्रीकालीध्वज गण नवलपरासीमा कार्यरत उपसेनानी गणेश चन्दले यो सेवा लिएका छन् । उनलाई केन्द्रका कार्यकारी निर्देशक प्रा‍.डा.पारसनाथ यादवले समकक्षता प्रमाणपत्र हस्तान्तरण गरे ।

    सेवाग्राही चन्दले यसरी सेवा लिँदा कागजात रुजु गराउन झ्यालमा लाइन बस्न र शुल्क बुझाउन बैंकमा लाइन लाग्नु नपर्ने भएकामा खुसी व्यक्त गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij