Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक बर्खास्त, विद्यार्थीलाई आफूखुसी नम्बर दिएको आरोप

मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक बर्खास्त, विद्यार्थीलाई आफूखुसी नम्बर दिएको आरोप

  • 654
    SHARES
  • मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक बर्खास्त,  विद्यार्थीलाई आफूखुसी नम्बर दिएको आरोप

    काठमाडाैं । विद्यार्थीलाई आफूखुसी नम्बर दिएको आरोपमा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरिएको छ । विश्वविद्यालयको इञ्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक तथा उपप्राध्यापक यादवलाई बर्खास्त गरिएको उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले जानकारी दिए ।

    यादवले आर्थिक प्रलोभनमा परी विद्यार्थीलाई आफुखुसी नम्बर दिएको पाईएको थियो । विद्यालयको शैक्षिक मर्यादाविपरीत क्रियाकलाप गरेको छानबिनबाट पुष्टि भएपछि सेवाबाट बर्खास्त गरिएको सिंहले बताए । यादवले विद्यार्थीको आन्तरिक मूल्याङ्कनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर मनलाग्दी रुपमा नम्बर दिएको उजुरी परेको थियो । 

    परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई पनि पास गराएको पाईएको छ । उजुरी परेपछि छानविन समिति बनाइएको थियो । सो छानबिन समितिले निर्देशक यादव आर्थिक प्रलोभनमा परी यस्तो काम गरेको निष्कर्षसहित दोषी भएको पुष्टि गरेको थियो । परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले उपकुलपति प्रा।डा सिंहलाई केही समयअघि मात्रै निर्देशक यादव दोषी देखिएको प्रतिवेदन पेस गरेको थियो ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij