Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

‘धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएको छ’

‘धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएको छ’

  • 135
    SHARES
  • ‘धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएको छ’

    दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्र निर्माण र समृद्धिको यात्रा एमालेको संकल्प भएको बताएका छन् ।

    नेत्रलाल पौडेलको ४१औँ स्मृति दिवस तथा एमाले जिल्ला कमिटी दाङको १४औँ जिल्ला अधिवेशनलाई आज  सम्बोधन गर्दै  उनले विगतका कामको समीक्षा गर्दै आगामी कार्यदिशासहित पार्टी नेतृत्व अगाडि बढेको बताए ।

    उनले भने, ‘नेपाललाई बदल्ने हो भने धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएको छ ।’ एमाले पोलिटव्युरो सदस्य शान्ता चौधरी, एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्य, पूर्वराष्ट्रियसभा सदस्य विष्णु पौडेल, लुम्बिनी प्रदेश एमाले सचिव लक्ष्मण आचार्य, नेकपा (माओवादी केन्द्र) दाङका संयोजक हरिमान पुन, एमाले रोल्पा अध्यक्ष अमित बुढालगायतले धारणा राख्नुभएको थियो ।

    जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राममणि पाण्डेले स्वागत गर्नुभएको थियो । दुईदिने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij