Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सानीभेरीका पहिरोपीडितलाई विद्यालयमा सारियो

सानीभेरीका पहिरोपीडितलाई विद्यालयमा सारियो

  • 95
    SHARES
  • सानीभेरीका पहिरोपीडितलाई विद्यालयमा सारियो

    रुकुमपश्चिम । सानीभेरी गाउँपालिका–७ र ८ का पहिरोपीडित नौ परिवारलाई स्थानीय विद्यालयमा सारिएको छ ।

    गाउँपालिका–७ को पोखरेल गाउँमा बिहीबारको पहिरोले नैनी पुनको दुईतले चारकोठे कच्ची घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ भने सोही गाउँका आठ घर पनि पहिरोको चपेटामा परेका छन ।

    तीसँगै वडा नं ८ सार्कीडेराका एक घर गरी नौ घरका विस्थापितलाई विद्यालयमा स्थानान्तरण जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

    विस्थापित आठ घरपरिवारलाई सानीभेरी गाउँपालिका–८ को बालकल्याण आधारभूत विद्यालय भवनमा स्थान्तरण गरिएको र एक घरपरिवारलाई छिमेकीको घरमा आश्रय दिइएको समितिका संयोजक प्रमुख जिल्ला जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । क्षतिको विवरण संकलन भइरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij