Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

जसपा नेपालको ओखलढुंगामा अभियन्ता अभिमुखीकरण कार्यक्रम सुरु

जसपा नेपालको ओखलढुंगामा अभियन्ता अभिमुखीकरण कार्यक्रम सुरु

  • 116
    SHARES
  • जसपा नेपालको ओखलढुंगामा अभियन्ता अभिमुखीकरण कार्यक्रम सुरु

    काठमाडौं । जनता समाजवादीपार्टी (जसपा) नेपालको जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानअन्तर्गत ओखलढुंगामा अभियन्ता अभिमुखीकरण सुरु भएको छ ।

    बुधबार जिल्ला समन्वय समितिको सभाहलमा अभियानको पार्टीका अध्यक्ष उपेन्द्र यादवले बुधबार उद्घाटन गरेका हुन् । जसपा नेपालले केन्द्रीय सदस्यहरुलाई पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटाएको छ ।

    अभियानमा खटिएका अभियन्तालाई अभियानबारे प्रशिक्षण गर्न प्रदेश र जिल्लाहरुमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । जसपा नेपालले सबै तहका पदाधिकारी एवं सदस्यहरुलाई सक्रियतापूर्वक संगठन सुदृढीकरण एवम् शुद्धिकरण कार्यमा निरन्तर लाग्न निर्देशन दिएको छ ।

    यस अभियानमा असहयोग गर्ने, निष्कृय रहने, सहभागी नहुनेलाई मातहतका समितिले पार्टीको जिम्मेवारीबाट मुक्त गर्न सक्ने बताइएको छ । पार्टीका पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरुलाई अभियानको समन्वय र अनुगमनको जिम्मेवारी तोकिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij