जनकपुर– नेकपा माओवादी केन्द्र आज प्रदेश २ मा सरकारमा सहभागि हुने भएको छ। माओवादी सरकारमा आउनेभएपछि मुख्यमन्त्री लालबाबु राउतले आज (शनिबार) मन्त्रिपरिषद् विस्तार गर्न लागेका हन्।
माओवादीले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरिसकेको छ ।
माओवादी केन्द्र संसदीय दलका सचेतक दिलीपकुमार साहाका अनुसार महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित साहले मन्त्री र सप्तरीकी समानुपातिक सांसद कर्णले राज्यमन्त्रीको शपथ लिनेछन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij