Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

चोरीका २ वटा मोटरसाइकलसहित एक जना पक्राउ

चोरीका २ वटा मोटरसाइकलसहित एक जना पक्राउ

  • श्रावण ४, २०७८ सोमवार १३:३६ बजे
  • 645
    SHARES
  • चोरीका २ वटा मोटरसाइकलसहित एक जना पक्राउ

    काठमाडौ । पेशेवर रूपमै मोटरसाइकल चोरी गर्ने १ जनालाई २ वटा मोटरसाइकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुर, कौशलटारबाट बा ९५ प २३३ नम्बरको केटिएम डुक २ सय सिसिको मोटरसाइकललाई बिनासाँचो डाईरेक्ट स्टार्ट गरी चलाई रहेको अवस्थामा कमलामाई नगरपालिका – ७, दोलखा घर भएका वर्ष १९ को विज्ञान भुजेललाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको जानकारी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

    उक्त मोटरसाइकल आइतबार (हिजो) बिहान ८ : ३० बजे भक्तपुर सानोठिमीबाट हराएको भनी वैदेश्वर गाउँपालिका – ३, दोलखा घर भएका कृष्ण कार्कीले महाशाखामा जानकारी गराएका थिए । चोरी भएको सुचना प्राप्त हुनासाथ ट्राफिक महाशाखाको सादा पोसाकको टोलीले खटिएको ट्राफिक प्रहरीको टोलीले आइतबार दिउँसो ३ बजे नै उक्त मोटरसाइकलसहित १ जनालाई नियन्त्रण लिएको एसएसपी भट्टराईले बताए ।

    ​नियन्त्रणमा लिई थप अनुसन्धान र सोधपुछपश्चात बा ८३ प ३३४५ नम्बरको २ सय सिसि एनएस रातो पल्सर मोटरसाइकलसमेत कौशलटारबाट बरामद गरेको छ । उक्त मोटरसाइकल यही १० जेठमा ललितपुरस्थित बालकुमारीबाट हराएको भनी गोदावारी नगरपालिका–६, टिकाभैरव घर भएका लक्ष्मण रानाले हुलिया निवेदन महाशाखामा दिएका थिए । पक्राउ परेका व्यक्तिलाई मोटरसाइकलहरूसहित चोरी मुद्दामा अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, ठिमीमा बुझाएको महाशाखाले जनाएको छ ।

    पछिल्लो समय उपत्यकाका विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवम् निगरानी राखी महाशाखाले विशेष कारबाही अभियान निरन्तर रूपमा चलाइरहेको एसएसपी भट्टराईले जानकारी दिए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij