Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कामपाले कवाड व्यवसायीहरुमाथि दमन गरेको भन्दै जसपा नेपालद्वारा सरकारको ध्यानाकर्षण

कामपाले कवाड व्यवसायीहरुमाथि दमन गरेको भन्दै जसपा नेपालद्वारा सरकारको ध्यानाकर्षण

  • 159
    SHARES
  • कामपाले कवाड व्यवसायीहरुमाथि दमन गरेको भन्दै जसपा नेपालद्वारा सरकारको ध्यानाकर्षण

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कवाड व्यवसायीहरुको सुरक्षा र स्वतन्त्र रुपले आ–आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने मौलिक अधिकारको प्रत्याभूति गराउन नेपाल सरकारसँग माग गरेको छ ।

    बुधबार पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीलाई कुटपिट, गालीगलौज, दमन, उत्पीडन र अभद्र व्यवहार गरी कवाड व्यवसायलाई रोक्न खोज्नु र लाखौं व्यक्तिहरुलाई बेरोजगार बनाउने प्रयास गर्नु अत्यन्त पूर्वाग्रही, गलत र निन्दनीय कार्य भएको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।

    ‘कवाड व्यवसायीहरु नेपाल सरकारको अनुमति प्राप्त गरी काठमाडौं महानगरपालिकामा २५ वर्षदेखि सञ्चालित रहेको र सरकारलाई तिर्नुपर्ने सम्पूर्ण करहरुसमेत तिर्दै १ लाखभन्दा बढी व्यक्तिहरुले रोजगारी पाएको अवस्था छ,’पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कवाड व्यवसायीहरुले देशमा सञ्चालित उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थ उपलब्ध गराउनुका साथै वातावरणीय सरसफाइमा समेत महत्वपूर्ण योगदान पुर्याइरहेको जसपा नेपालको ठहर छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij