Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

डोजरले खसालेको ढुंगाले लागेर बालकको मृत्यु

डोजरले खसालेको ढुंगाले लागेर बालकको मृत्यु

  • 115
    SHARES
  • डोजरले खसालेको ढुंगाले लागेर बालकको मृत्यु

    मुगु । मुगुको सोरु गाउँपालिका अन्तरगत पर्ने वडा नम्बर १० बजुरेदेखि दोमुख जोड्ने सडक निर्माणको क्रममा डोजरले ढुंगा खसाल्दा एक जनाको मृत्यु भएको छ ।

    हुम्लाबाट आफ्नो घर धैन तिर फर्किदै गर्दा सोरु गाउँपालिका १० बलाडि नजिकै डोजरले खसालेको ढु‌ंगा लागेर धैन घर भएका ६ वर्षका बालक लोकजंघ नेपालीको घटना स्थलमै मृत्यु भएको हो । आमा कल्पना नेपाली सिकिस्त घाइते भएको स्थानीयले बताएका छ्न ।

    उक्त सडक खण्डको ठेक्का हुम्ला निवासी धुब्र शाहि र डोजर धनी सोही वडा निवासी नवराज मल्लले सडकको निर्माण जिम्मा लिएका छ्न । घटना सदरमुकामदेखि टाढा भएको हुनाले थप विवरण आउन बाँकी रहेको छ ।

    अहिले घटना स्थालमा प्रहरी पुगेर थप अनुसन्धान गरिहेको छ । घाईते कल्पना नेपालीलाई जिल्ला सदरमुकाम गमगढी ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij