Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

आजदेखि चितवनका यी क्षेत्रमा लोडसेडिङ सुरु

आजदेखि चितवनका यी क्षेत्रमा लोडसेडिङ सुरु

  • 99
    SHARES
  • आजदेखि चितवनका यी क्षेत्रमा लोडसेडिङ सुरु

    काठमाडौं । आजदेखि चितवनका केही क्षेत्रमा ६ घण्टा लोडसेडिङ सुरु भएको छ । पूर्वी चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो ।

    नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ तालिका सार्वजनिक गरेको हो ।

    तालिका अनुसार नारायणी–माडी फिडरहरू : बिहान ६ः०० देखि ९ः०० र दिउँसो ३ः०० देखि ६ः०० बजेसम्म ,मेघौली-विजयनगर-शुक्रनगर फिडरहरू : बिहान ९ः०० देखि १२ः०० र बेलुका ६ः०० देखि ९ः०० बजेसम्म र जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२ः०० देखि ३ः०० र बेलुका ९ः०० देखि १२ः०० बजेसम्म लोडसेडिङ हुनेछ ।

  • सम्बन्धित विषय:

  • # लोडसेडिङ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij