Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

काेराेना भाइरस नष्ट गर्ने लेजर 

काेराेना भाइरस नष्ट गर्ने लेजर 

  • 913
    SHARES
  • काेराेना भाइरस नष्ट गर्ने लेजर 

    एजेन्सी । विश्वभर डेढ वर्षदेखि कोरोना भाइरसले स्वरुप परिवर्तन गरि स्वास्थ्य क्षेत्रमा समस्या सिर्जना गरिरहेको छ । अर्कोतर्फ विश्वभरका वैज्ञानिकहरुले कोरोना भाइरस संक्रमणलाई कसरी नियन्त्रण गर्ने भनेर नयाँ–नयाँ अध्ययन तथा अनुसन्धान गर्दै आइरहेका छन् । 

    इटलीमा कोरोना मार्ने एउटा लेजर बनेको बताइएको छ । यो लेजरले कोठाभित्र र वरिपरी रहेका कोरोना भाइरसका कणलाई मार्न सक्छ भनिएको छ । 

    संयुक्त राष्ट्र संघका वैज्ञानिक र इटलीका टेक कम्पनिका वैज्ञानिकहरुले मिलेर यस उपकरणको निमार्ण गरेका हुन्  । उत्तरी इटालीस्थित इन्टरनेशनल सेन्टर फर जेनेटिक इन्जिनियरिङ एन्ड बायोटेक्नोलोजी र लेजर उपकरण बनाउने स्थानीय कम्पनि एल्टेक के–लेजर उपकरणले गतवर्ष यस डिभाइसलाई निमार्ण गर्ने प्रयास गरेको थियो । यो डिभाइस निमार्ण गर्ने समयमा इटली कोरोना महामारीसँग जुधिरहेको थियो । 

    एल्टेक कम्पनिका संस्थापक फ्रेंचेस्को जनाटा हुन् । उनको कम्पनीले मेडिकल फिल्डमा प्रयोग गरिने लेजर प्रोडक्टहरु बनाउने काम गर्छ ।  

    ५० मिलीसेकेन्डमा भाइरस नष्ट गर्ने क्षमता
    उक्त डिभाइसमा हावालाई लेजर बीम हुँदै पठाइन्छ । जसले भाइरस र किटाणुलाई नष्ट गर्न सकिन्छ ।  

    इन्टरनेशनल सेन्टर फर जेनेटिक इन्जिनियरिङ एन्ड बायोटेक्नोलोजीमा कार्डियोभास्कुलर बायोलोजी समुहकी प्रमुख सेरेना जकिन्या भन्छिन्, ‘यस डिभाइसले लेजर टेक्नोलोजीप्रतिको मेरो धारणालाई पूर्ण रुपमा परिवर्तन गरेको छ । यस उपकरणले ५० मिलीसेकेन्डमा भाइरसलाई नष्ट गर्छ ।’

    कोभिड–१९ महामारीबीच कोठालाई संक्रमणमुक्त राख्ने कार्य आफैमा चुनौतीपूर्ण थियो । तर महामारी नियन्त्रण गर्न अगावै केही मात्रामा भाइरसमुक्त भएको महशुस गर्न सकिन्छ ।

    उपकरणमा प्रश्न
    कोरोना भाइरसलाई मार्नको लागि लेजर आधारित यो उपकरण पूर्ण रुपमा सुरक्षित नभएको भन्दै वैज्ञानिकहरुले आशंका व्यक्त गरेका छन् । 

    जर्नल अफ फोटोकेमिस्ट्री एन्ड फोटोबायोलोजीमा गत वर्ष नोभेम्बरमा प्रकाशित भएको एक अध्ययनमा लेजर आधारित उपकरणले क्यान्सरको जोखिमलाई बढाउने जनाइएको छ । 

    सुरक्षित भएको दावी 
    जनाटा र जकिन्या दुबैले भाइरस नष्ट गर्ने उपकरणबाट निस्कने लेजर मानिसको छालाको सम्पर्कमा नआउने बताएका छन् । 

    त्यसले गर्दा क्यान्सरको जोखिम नहुने उनीहरुको भनाइ छ । उनीहरुले यो उपकरण पूर्ण रुपमा सुरक्षित रहेको जनाएका छन् । ‘हाम्रो यो उपकरणले प्रकृतिविरुद्ध प्रकृतिको नै प्रयोग गर्छ’ जनाटाले भनेका छन् । 

    सजिलै एक ठाउँबाट अर्को स्थानमा लैजान सकिने
    कम्पनिले यस उपकरणको प्रयोगको लागि मान्यता पाएको छ । कम्पनिले जतिसक्दो चाँडो यस उपकरणलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने कोशिस गरिरहेको छ । यो उपकरणको आकार सानो हुने भएकाले सजिलै यसलाई जुनसुकै स्थानमा पनि लैजान सकिने कम्पनिले जनाएको छ । 

    यसको उचाई ५ फिट ९ इन्च छ भने तौल लगभग २५ किलोग्राम छ । कम्पनिकाअनुसार यस उपकरणलाई एयरकन्डिसनिङ्मा पनि लगाउन सकिन्छ । 

    कमजोरी
    यस उपकरणको एउटा कमजोर पक्ष छ । यसले हावामा रहेका भाइरसका किटाणुलाई मात्र नष्ट गर्न सक्छ । यसले जमिनमा भएका किटाणुलाई नष्ट गर्न सक्दैन । 

    हाछ्यु गर्दा वा बोल्दा भाइरस अर्को व्यक्तिसम्म पुगेमा यो उपकरणले केही गर्न सक्दैन । 

    उपकरणको केही कमजोरी भए पनि यसप्रति आम मानिसको रुचि बढेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij