Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

राजदेवी मन्दिरमा १४ हजार बढी बोकाको बलिप्रदान

राजदेवी मन्दिरमा १४ हजार बढी बोकाको बलिप्रदान

  • 88
    SHARES
  • राजदेवी मन्दिरमा १४ हजार बढी बोकाको बलिप्रदान

    जनकपुर । जनकपुरधामको राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ९ सय ३ वटा बोकाको बलिप्रदान भएको छ । हिजो राति महापूजा पश्चात सुरु भएको बोकाबली कार्यक्रम बिहान ३ बजेर ५५ मिनेटमा समाप्त भएको थियो । बोकाबलीका लागि चारवटा ठेहा राखिएको थियो ।

    यस वर्ष पनि नेपालका विभिन्न भागबाट भाकल पूरा भएकाहरु बोका चढाउन आएका थिए । भारतको सीमावर्ती क्षेत्रहरुबाट पनि श्रद्धालुभक्तजनहरु बोका चढाउन आएका थिए । अष्टमीको राती राजदेवीमा बोका बलि दिने परम्परा छ ।

    स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए । बलि दिन युवा कमिटीहरूले संयुक्त रूपमा उल्लेखनीय सङ्ख्यामा स्वयंसेवक परिचालन गरेका थिए । जनकपुरधाम गुठी संस्थानले यस वर्ष बलि प्रदानका लागि प्रतिबोका ३ सय रुपैयाँका दरले लिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij