काठमाडौं– नेकपा एमालेको संस्थापन पक्षले गरेको एकलौटी निर्णय प्रति बरिष्ठ नेता माधवकुमार नेपाल समुहले असन्तुष्टि जनाएको छ।
एमाले उपाध्यक्ष एवं माधव नेपाल निकट नेतृ अष्टलक्ष्मी शाक्यले एकताको वातावरण बनिरहेका बेला एकलौटी रूपमा गरिएका निर्णयले दूरी बढ्ने बताइन्।
अध्यक्ष मात्रै निर्वाचित गर्ने गरी विधान संशोधन गर्न खोज्नु भनेको आफू शक्तिशाली बन्ने र त्यसबाट एकलौटी रूपमा सबैलाई पेलेर अगाडि बढ्न खोजिएको उनको आरोप छ।
केपी ओलीमा निरंकुश शासन गर्ने प्रवृति देखिएको भन्दै उनले यस्तो अवस्थामा नेकपा एमाले एक भएर अगाडि बढ्न कठिन हुने बताइन्।
एमालेभित्र केपी ओली र माधव नेपाल दुवै लचिलो भइदिएको भए आज एमालेको शक्ति क्षीण हुनबाट जोगिने थियो भन्दै उनले अहिले नेताहरूका कारणले त्यो स्थिति देखिएको बताइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij