एजेन्सी– इन्टर मिलानका स्ट्राइकर रोमेलु लुकाकु पूर्वक्लब चेल्सी फर्कने भएका छन्। चेल्सीले उनलाई १ सय १५ मिलियन युरोमा अनुबन्ध गर्न लागेको हो।
२८ वर्षिय फरवार्डले चेल्सीसँग ५ वर्षको सम्झौता गर्ने बताइएको छ। लुकाकुले सन् २०१४ मा चेल्सी छाडेका थिए । उनले चेल्सीमा १५ खेल मात्रै खेलेका थिए। उनी अन्डरलेच क्लबबाट सन् २०११ म चेल्सी आएका थिए ।
युरोपको उत्कृष्ट फरवार्डको रुपमा आफुलाई प्रमाणित गरेका लुकाकुले एभर्टनबाट सन् २०१४ देखि २०१७ सम्म १ सय ६६ खेलमा ८७ गोल गरेका थिए । र दुई वर्ष म्यान्चेष्टर युनाईटेडमा बिताउदा उनले ९६ खेलमा ४२ गोल गरेका थिए । उनले सन् २०१९ मा इन्टर मिलान आउने निर्णय गरेका थिए ।
उनले सिरि एमा गत सिजन २४ गोल गरे । उनले इन्टरलाई ११ वर्षको अन्तरमा पहिलो लिग उपाधि जिताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij