Logo

२०८३, भाद्र ५ गते शुक्रवार

२०८३, भाद्र ५ गते शुक्रवार

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

  • 55
    SHARES
  • यस्तो छ आजको मौसम

    काठमाडौं । देशभर साधारणतया बदली रहने भएको छ । देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ ।

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने अनुमान गरिएको छ । त्यस्तै, मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमानअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ । सम्भावित वर्षा, मेघगर्जन र चट्याङका कारण आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij