Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

लुम्बिनीमा माओवादीका कुलप्रसाद केसीद्वारा मुख्यमन्त्रीको दाबी पेश

लुम्बिनीमा माओवादीका कुलप्रसाद केसीद्वारा मुख्यमन्त्रीको दाबी पेश

  • 612
    SHARES
  • लुम्बिनीमा माओवादीका कुलप्रसाद केसीद्वारा मुख्यमन्त्रीको दाबी पेश

    काठमाडौं । लुम्बिनी प्रदेशमा गठबन्धन दलले नेकपा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री बनाउन दाबी पेश गरेका छन् । नयाँ सरकार गठनका लागि बुधबार प्रदेश प्रमुख अमिक शेरचनले दिएको २४ घण्टाको समयसीमाभित्रै विपक्षी दलहरुले माओवादीका केसीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका हुन् । 

    बहुमत सदस्यको समर्थन पाएपछि लुम्बिनीको मुख्यमन्त्रीमा केसी केहीबेरमा नै मुख्यमन्त्री नियुक्त हुँदैछन् । लुम्बिनीमा आज नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको छ । गठबन्धनमा सहभागी तीनै दल माओवादी, कांग्रेस र जसपाबाट एक, एकजना मन्त्री बनाउने तयारी गरिएको छ ।मुख्यमन्त्रीको नियुक्तिलगत्तै चार सदस्यीय मन्त्रिमण्डल गठनको तयारी गरिएको माओवादी सचेतक तुलाराम घर्तीले जानकारी दिए ।

    १९ साउनमा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि नै गठबन्धन दलहरुले केसीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव अघि सारेका थिए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij