वेबटिभी खबर
काठमाडौं । नेपालीहरूको महान् चाड दसैँ नजिकिएसँगै राजधानी काठमाडौँबाट गाउँघर फर्किनेहरूको चहलपहल बढ्न थालेको छ । काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा दसैँ मनाउन गाउँघर जाने सर्वसाधारणको भीड लाग्न थालेको हो।
दसैँका लागि घर फर्किने सर्वसाधारणले बसको टिकट काट्न थालेका छन् भने नयाँ बसपार्कमा यात्रुहरूको आवागमनसमेत बढेको छ । दसैँ नजिकिँदै जाँदा राजधानीबाट बाहिरिने यात्रुको संख्या अझ बढ्ने देखिएको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij