Logo

२०८३, आश्विन २९ गते बिहिवार

२०८३, आश्विन २९ गते बिहिवार

‘फर्कनुछ देश’ र ‘प्रवासी मनका भावनाहरू’ नामक दुईवटा कृतिहरु एकसाथ सार्वजनिक

‘फर्कनुछ देश’ र ‘प्रवासी मनका भावनाहरू’ नामक दुईवटा कृतिहरु एकसाथ सार्वजनिक

  • 240
    SHARES
  • ‘फर्कनुछ देश’ र ‘प्रवासी मनका भावनाहरू’ नामक दुईवटा कृतिहरु एकसाथ सार्वजनिक

    काठमाडौं । अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागरको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेतको गीतिसंग्रह ‘प्रवासी मनका भावनाहरु’ सार्वजनिक गरिएको छ । लेखकद्धयले शनिबार कोलोराडोस्थित एक पोडकाष्टमा दुई कृतिको विमोचन गरेका हुन् ।

    अमेरिकाको व्यस्त जीवनशैलीलाई ध्यानमा राख्दै लेखक आफैँले आ-आफ्नो कृतिको विमोचन गरेका हुन् । विमोचनको यो नयाँ अभ्यास पनि मानिएको छ । लेखक राईले ‘फर्कनुछ देश’मा नयाँ पुराना ३३ वटा कविता संग्रहित गरेका छन् । करिब दुई दशकदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएका उनले यसअघि थुप्रै गीतहरु समेत बजारमा ल्याइसकेका छन् । सोलुखुम्बुको सोताङमा जन्मे हुर्केका राईले अमेरिका पुगेर पनि नेपाली कला, साहित्य र संगीतलाई भुलेका छैनन् । समय समयमा आफ्ना भावनालाई गीत, कविताको माध्यमबाट अभिव्यक्त गर्दै आएका उनले देश फर्केने प्रणबाट पुस्तकको नामाकरण गरेका छन् ।

    त्यस्तै, गीतकार मणीराज बस्नेतले सार्वजनिक गरेका गीति संग्रह ‘प्रवासी मनका भावनाहरु’मा नयाँ पुराना (रेकर्ड भएका र नभएका) ५६ वटा गीत समाबेश गरिएको छ । बस्नेतका अधिकांश गीतहरु दीप श्रेष्ठ, आनन्द कार्की, कर्णदास, नरेन्द्र प्यासी, मनिला सोताङ, स्वरुपराज आचार्य, अन्जु पन्त, शिव परियार, हेमन्त शर्मा, धर्वेन्द्र सेवान, रेजिना रिमाल, मेलिना राई, बबिना किराँती, रामकुमार नेपाली, सुरक्षा सेन्चुरी, तारा सिरिस लगायतका कलाकारले गाइसकेका छन् । गीतकार बस्नेतले छिट्टै नेपाल आउने र पुनः कृति विमोचन गर्ने कुरा पोडकाष्टमा बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij