वेबटिभी खबर
काठमाडौं । आज विश्व खाद्य दिवस मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर १६ का दिन विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन स्थापना भएको दिनको सम्झनामा विश्व खाद्य दिवस मनाउन थालिएको हो ।
१९४५ मा खाद्य तथा कृषि संगठन स्थापना भएको थियो । त्यसको सम्झनामा १९७९ को नोभेम्बरमा सम्पन्न खाद्य तथा कृषि संगठनको २०औँ सम्मेलनले अक्टोबर १६ लाई विश्व खाद्य दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।
विश्व खाद्य दिवसको मुख्य उद्देश्य विश्वभरबाट भोकमरी, गरिबी र कुपोषण अन्त्य गर्दै सबैका लागि सुरक्षित, पर्याप्त र पौष्टिक खाद्य पदार्थको उपलब्धता सुनिश्चित गर्नु हो । खाद्य सुरक्षा, पोषण र दिगो कृषि प्रणालीका विषयमा जनचेतना अभिवृद्धि गर्न पनि यो दिवसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij