Logo

२०८३, कार्तिक १९ गते बुधवार

२०८३, कार्तिक १९ गते बुधवार

अवैध रूपमा भित्र्याइएका दुई लाख बढी रकमका पटका नष्ट

अवैध रूपमा भित्र्याइएका दुई लाख बढी रकमका पटका नष्ट

  • 78
    SHARES
  • अवैध रूपमा भित्र्याइएका दुई लाख बढी रकमका पटका नष्ट

    काठमाडौं । सशस्त्र प्रहरीले विराटनगरमा भारतबाट अवैध रूपमा भित्र्याइएका दुई लाख ५० हजार मूल्य बराबरको पटका नष्ट गरिएको छ । तिहारको समयमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न मिति र स्थानबाट नियन्त्रणमा लिएका पटका नष्ट गरेको हो ।

    सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानी, मोरङबाट खटिएको सीमा नाका ड्युटी टोलीले विभिन्न समयमा बरामद गरी गुल्ममा ल्याएर राखेको पटका मंगलवार नष्ट गरिएको हो । गुल्मका अनुसार स्थानीयवासीको रोहबरमा गुल्म परिसरभित्र खाडल खनी उक्त पटका नष्ट गरिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij