Logo

२०८३, कार्तिक १९ गते बुधवार

२०८३, कार्तिक १९ गते बुधवार

पर्यटन व्यवसायीको अन्तर्राष्ट्रिय जमघट डब्ल्यूटीएम लन्डन २०२६ सुरु

पर्यटन व्यवसायीको अन्तर्राष्ट्रिय जमघट डब्ल्यूटीएम लन्डन २०२६ सुरु

  • 82
    SHARES
  • पर्यटन व्यवसायीको अन्तर्राष्ट्रिय जमघट डब्ल्यूटीएम लन्डन २०२६ सुरु

    काठमाडौं । विश्व पर्यटन क्षेत्रको प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक मेला ‘वल्र्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डन २०२६’ मंगलबारदेखि बेलायतको राजधानी लन्डनस्थित एक्ससेल प्रदर्शनी केन्द्रमा सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने मेला नोभेम्बर ५ सम्म चल्नेछ ।

    ‘उत्थानशीलता, पुनरुत्थान र पुनःआविष्कारः विश्वव्यापी यात्राको नयाँ युग’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस वर्षको मेलाले बदलिँदो विश्व परिवेशमा पर्यटन क्षेत्रलाई थप दिगो, सुदृढ र उत्थानशील बनाउने विषयलाई प्राथमिकता दिएको छ । प्रविधि, नवप्रवर्तन र सिर्जनशीलतामार्फत विश्व पर्यटनको भविष्यलाई नयाँ दिशा दिने विषय पनि मेलाको मुख्य अवधारणामा समेटिएको छ ।

    विश्व पर्यटन उद्योगको महत्त्वपूर्ण व्यापारिक मञ्चका रूपमा परिचित यस मेलामा विभिन्न देशका राष्ट्रिय पर्यटन बोर्ड, होटल तथा आतिथ्य सेवा प्रदायक, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी, ट्राभल एजेन्सी, टुर अपरेटर, लगानीकर्ता तथा पर्यटन प्रविधिसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरू सहभागी छन् । आयोजकका अनुसार यस वर्ष ४ हजार १०० भन्दा बढी कम्पनीले प्रदर्शकका रूपमा सहभागिता जनाएका छन्। त्यस्तै, १८० भन्दा बढी देशबाट ४६ हजार ५०० भन्दा बढी पर्यटन व्यवसायी, विज्ञ तथा खरिदकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij