Logo

२०८३, कार्तिक १९ गते बुधवार

२०८३, कार्तिक १९ गते बुधवार

राराको जंगलमा अलपत्र परेका १२ पर्यटकको सेनाले गर्‍यो उद्धार

राराको जंगलमा अलपत्र परेका १२ पर्यटकको सेनाले गर्‍यो उद्धार

  • 69
    SHARES
  • राराको जंगलमा अलपत्र परेका १२ पर्यटकको सेनाले गर्‍यो उद्धार

    काठमाडौं । नेपालको प्रसिद्ध रारा ताल घुम्न आएका १२ जना आन्तरिक पर्यटकको नेपाली सेनाले सकुशल उद्धार गरेको छ। छायाँनाथ रारा नगरपालिका-८ स्थित घना चुच्चेमारा जंगलमा बाटो बिराएर अलपत्र परेका पर्यटकहरूलाई नेपाली सेनाको हनुमानध्वज गुल्म सुरक्षित उद्धार गरेको हो । हनुमानध्वज गुल्मका गुल्मपति खड्गबहादुर श्रेष्ठका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका-२ भण्डारी बाडाका १२ जना पर्यटकहरू रारा भ्रमणका क्रममा रमाइलो गर्दै अघि बढ्ने क्रममा गन्तव्य विर्सिएर चुच्चेमाराको जंगलमा अलपत्र परेका थिए।

    जंगलमा पर्यटकहरू फसेको र बाटो बिराएको खबर प्राप्त हुनासाथ हनुमानध्वज गुल्मबाट तत्कालै विशेष उद्धार टोली परिचालन गरिएको थियो । रातको समय र अप्ठ्यारो भूगोलका बाबजुद पनि सुरक्षाकर्मीहरूको तीव्र खोजी तथा उद्धार प्रयासका कारण राति करिब १० बजे सबै पर्यटकलाई सकुशल फेला पारेको उनले जानकारी दिए । उद्धारपश्चात् उनीहरूलाई सल्लेरीस्थित होटलमा राखिएको गुल्मपति श्रेष्ठले जानकारी दिए । यस्ता घटनाले रारा क्षेत्रमा आउने पर्यटकहरूको सुरक्षा र व्यवस्थापन पक्षलाई लिएर गम्भीर प्रश्न उब्जाएको छ।

    स्थानीय बासिन्दाहरूका अनुसार रारा घुम्न आउने पाहुनाहरूका लागि रारा सेरोफेरोमा तथा जुम्लाका विभिन्न भागबाट रारा पुग्ने पदमार्गहरूमा पर्याप्त मात्रामा लोकेसन साइनबोर्ड (संकेत पाटी), सूचना पाटी (इन्फर्मेसन बोर्ड) र तालिमप्राप्त ‘नेचर गाइड’ (प्रकृति पथप्रदर्शक) को व्यवस्थापन नहुँदा यस्ता समस्याहरू बारम्बार दोहोरिने गरेका छन् । देश विदेशबाट हजारौँ पर्यटकहरू भ्रमणका लागि रारा आउने गर्दछन्। तर, व्यवस्थित पदमार्ग, दिशा सूचक बोर्ड र सूचना केन्द्रहरूको अभावका कारण पहिलो पटक आउने पाहुनाहरू जंगलमा अलपत्र पर्ने र जोखिम मोल्न बाध्य हुने गरेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij