Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

उपचाररत प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न विमलेन्द्र निधि मुम्बइ जाँदै

उपचाररत प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न विमलेन्द्र निधि मुम्बइ जाँदै

  • 557
    SHARES
  • उपचाररत प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न विमलेन्द्र निधि मुम्बइ जाँदै

    काठमाडौं । भारत मुम्बइस्थित हिन्दुजा हस्पिटलमा उपचाररत कांग्रेस नेता प्रदीप गिरीलाई भेट्न उपसभापति विमलेन्द्र निधि बिहीबार त्यसतर्फ जाने भएका छन् । उपचाररत गिरीको स्वास्थ्य अवस्था बुझ्नका लागि लागि निधि बिहीबार दिउँसो त्यसतर्फ जाने भएका हुन् । जनकपुरबाट दरभंगाहुँदै निधि मुम्बई जानेछन् । निधिको साथमा कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे पनि जाने बुझिएको छ ।    

    गिरीको घाँटीमा गम्भीर समस्यासँगै क्यान्सर भएको आशंका देखिएपछि चिकित्सकहरुले उपचार अगाडि बढाएका छन् । ‘घाँटीमा देखिएको समस्याबारे उपचार भइरहेको छ । क्यान्सरको आशंका छ तर पुष्टि भइसकेको छैन,’ गिरीनिकट एक नेताले जानकारी दिए । डा। सुल्तान प्रधान नेतृत्वको टिम गिरीको उपचारमा संलग्न छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij