Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सर्‍यो एमाले स्थायी कमिटी बैठक, अब कहिले बस्ला ?

सर्‍यो एमाले स्थायी कमिटी बैठक, अब कहिले बस्ला ?

  • 519
    SHARES
  • सर्‍यो एमाले स्थायी कमिटी बैठक, अब कहिले बस्ला ?

    काठमाडौं । आज बिहान ११ बजेका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक सरेको छ ।   बिहान बस्ने भनिएको बैठक दिउँसो तीन बजेका लागि सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक सारिनुको कारण भने खुलाइएको छैन ।

    दिउँसो ३ बजेको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्नेछ । बैठकमा एकता पक्षधर नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न गरेको माग लगायतका विषयमा छलफल हुने बताइएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij