काठमाडौं– पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको गोलसँगै इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले पुनरागमन जित निकालेको छ ।
आइतबार राति भएको खेलमा भ्रमणकारी टोली म्यानचेष्टरले वेष्ट हाम युनाईटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । लण्डन स्टेडियममा १–० गोल अन्तरले पछि परेको स्थितिमा म्यानचेष्टर युनाईटेड खेलमा पुनरागमन गरेको हो ।
खेलको ३० मिनेटमा साइड बेन्राहमाको गोलमा घरेलु टोली वेष्ट हामले खेलमा अग्रता बनाएको थियो । त्यसको ५ मिनेटमै रोनाल्डोले बराबरी गोल गरे ।
खेल सकिन १ मिनेट बाकी रहँदा जेसे लिंगार्डले गोल गर्दै म्यानचेष्टरलाई महत्वपूर्ण तीन अंक दिलाए । लिंगार्डले माटिकको पास सदुपयोग गरेका थिए ।
खेलमा थपिएको ५ मिनेटमा म्यानचेष्टरका गोलरक्षक डेभिड डे गेआले पेनाल्टी रोक्दै टोलीलाई अंक बाँड्नबाट जोगाएका थिए ।
युनाइटेडले ५ खेलमा ४ जित र १ बराबरी खेलेरर १३ अंक जोडेको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij