Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बलात्कारका घटना बढेकोप्रति सांसद डा. संग्रौलाले गराइन् गृह मन्त्रालयको ध्यानाकर्षण

बलात्कारका घटना बढेकोप्रति सांसद डा. संग्रौलाले गराइन् गृह मन्त्रालयको ध्यानाकर्षण

  • चैत्र ३, २०७७ मंगलवार १६:४६ बजे
  • 671
    SHARES
  • बलात्कारका घटना बढेकोप्रति सांसद डा. संग्रौलाले गराइन् गृह मन्त्रालयको ध्यानाकर्षण

    काठमाडौं । बलात्कारका घटनामा दिनहुँ वृद्धि भएको तथ्यांकसहित नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले आज बसेको प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालयको ध्यानाकर्षण गराएकी छिन् ।

    बलात्कारका घटना दिनहुँ बढिरहेका कारण महिलाहरूले सुरक्षित रूपमा समाजमा बाँच्न पाउने संवैधानिक अधिकार नै हनन् हुने अवस्था आउनसक्नेप्रति सांसद डा.संग्रौलले मन्त्रालयको ध्यानाकर्षण गराएकी हुन् ।

    महिलाहरू यसरी असुरक्षित हुँदै जानुले समाजमा महिलाहरूको सुरक्षित र सम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन् भएको ध्यानाकर्षण पत्र उल्लेख छ । 

    ‘नेपाल सरकारको मौनताका कारण अपराधीहरु खुलेआम यस्ता अपराधहरु गर्दे शिर ठाडो पार्दै हिडेका छन् । २०७६/७७ मात्र २४८० बलत्कारका घटना घटेका छन् । ३९३ जना १८ वर्ष मुनिका, २७३ जना १० वर्ष र ६२७ बलत्कारको प्रयास भएको देखिन्छ । यसै गरी विगत ५ वर्ष भित्र ११ हजार बलत्कारका घटना घटेको तथ्याङ्कले पुष्टि गरेको छ,’ डा.संग्रौलाले पेश गरेको ध्यानाकर्षण पत्रमा भनिएकाे छ ।  

  • सम्बन्धित विषय:

  • # डा.डिला संग्रौला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij