Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सत्तारूढ गठबन्धन बैठकमा दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनेबारे छलफल

सत्तारूढ गठबन्धन बैठकमा दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनेबारे छलफल

  • 608
    SHARES
  • सत्तारूढ गठबन्धन बैठकमा दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनेबारे छलफल

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउने विषयमा छलफल भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलका क्रममा अध्यादेश फिर्ता लिने विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।

    अध्यादेशका बारेमा टुंगाे नलगाएसम्म मन्त्रिपरिषद् विस्तार हुने नदेखिएपछि गठबन्धनदलहरूले यसलाई फिर्ता लिने विषयमा छलफल गरेका हुन् ।  त्यस्तै बैठकमा मन्त्रिपरिषद् विस्तारमा ढिला भएको र एक-दुई दिनभित्रैमा टुंगोमा पुग्ने गरी तयारी गर्ने नेताहरुले सहमति गरेका छन् ।

    बैठकमा संसदको गतिरोध र पछिल्लो घटनाक्रममा पनि छलफल भएको थियो । सरकार गठन भएको लामो समयबित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारको आलोचना भइरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij