Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

  • 463
    SHARES
  • सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

    काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ । मन्त्रिपरिषद्लाई पूर्णता दिन नेताहरू छलफलमा जुटेका हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    मन्त्रिपरिषदमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जसपाले समान ४-४ मन्त्रालय लिने सहमति भए पनि दलहरूले मन्त्री तोक्न सकेका छैनन् ।

    २९ असारमा प्रधानमन्त्री नियुक्त देउवाले झण्डै तीन महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेपछि जनस्तरबाटै सरकारको आलोचना हुन थालेको छ ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij