Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

न्यायालय खोल्नुपर्ने माग राख्दै आमरण अनसन बस्न खोज्ने तारा बरालको समूह पक्राउ

न्यायालय खोल्नुपर्ने माग राख्दै आमरण अनसन बस्न खोज्ने तारा बरालको समूह पक्राउ

  • 534
    SHARES
  • न्यायालय खोल्नुपर्ने माग राख्दै आमरण अनसन बस्न खोज्ने तारा बरालको समूह पक्राउ

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको समर्थनमा न्यायालय खोल्नु पर्ने माग राख्दै आएका तारा बराल लगायतको समूह आज भद्रकालीबाट पक्राउ परेको छ ।

    भद्रकाली मन्दिर छेउ पिपलबोटमा आमरण अनसन बस्ने क्रममा बरालसहित ५ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो ।

    उनीहरुलाई भृकुटीमण्डपमा राखिएको छ । बराल समूहले न्यायाधीश इजलासमा फर्किनुपर्ने, सेवाग्राहीले सेवा पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालत परिसर र नेपाल बार एसोसिएसन परिसरमा पनि धर्ना दिने, प्रदर्शन गर्ने गतिविधि गर्दै आएको छ ।

    प्रहरीले पनि उनीहरुलाई धरपकड गरेर हटाउँदै आएको छ ।

    256776079_557581848673064_856469537486424890_n.jpg.jpg

    257503134_318108433157592_4325539040496433659_n.jpg.jpg

    257597925_457810462432057_381147434621578240_n.jpg.jpg

    257676425_181746830748260_6880051213568911673_n.jpg.jpg

    256791499_607071263863025_7831754404307957012_n.jpg.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij