Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

युवालाई झोला मात्र बोकाउने होइन, अभिभावकीय भूमिका पनि दिनुपर्छ : विमलेन्द्र निधि

युवालाई झोला मात्र बोकाउने होइन, अभिभावकीय भूमिका पनि दिनुपर्छ : विमलेन्द्र निधि

  • 490
    SHARES
  • युवालाई झोला मात्र बोकाउने होइन, अभिभावकीय भूमिका पनि दिनुपर्छ : विमलेन्द्र निधि

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसमा युवाहरूलाई पनि उचित स्थान दिनुपर्ने बताएका छन् । पार्टीको १४औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै निधिले युवालाई झोला मात्र बोकाउने नभई अभिभावकीय भूमिकासमेत दिनुपर्ने बताए ।

    'आज ५० प्रतिशत युवा छन् । झोला बोक्ने मात्र नभई अभिभावकीय भूमिका दिँदै युवालाई नेतृत्वमा स्थान दिनुपर्छ,' उनले भने । 

    कुनै पनि शक्तिले देशको शान्ति र स्थिरताका लागि काम गर्न नसकेको उनको भनाइ छ । अब सबैले स्थिरतामा लाग्नुपर्ने बताएका छन् ।

    महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्दै जनताले विश्वास गर्ने पार्टी बनाउनुपर्ने उनले बताए ।

    यसका साथै फरक प्रसंगमा बोल्दै निधिले धर्म मुलुकमा निरपेक्षता, संविधान र प्रणाली निर्माण भएको बताए । अब कांग्रेसले त्यसको स्थायित्वमा लाग्नुपर्ने बताएका छन् ।

    'आगामी निर्वाचनमा कांग्रेसको एकल सरकार बनाउन लागौं । महाधिवेशनको सफलता र सार्थकता सबै तहमा कांग्रेसको सरकार बनाउनमा लगाऔं,' उनले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij