वेबटिभी खबर
काठमाडौं । सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पुस ८ गते बसेकाे मन्त्रिपरिषद् बैठकले शर्मालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले औधोगिक तथा लगानी प्रवद्र्धन कोष स्थापना गर्ने, विधायन व्यवस्थापन समिति विधेयक पेश गर्न सैद्धान्तीक स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।
त्यस्तै हुलाक वस्तुको महसुल दररेट पुनरावलोकन गर्ने र बैदेशिक द्रुत डाँकसेवा (इएमएस) दस्तुर पुनरावलोकन गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij