Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

शैक्षिक सुधारका लागि शिक्षामन्त्री पौडेलले मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखलाई दिए यस्तो निर्देशन

शैक्षिक सुधारका लागि शिक्षामन्त्री पौडेलले मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखलाई दिए यस्तो निर्देशन

  • 1.2K
    SHARES
  • शैक्षिक सुधारका लागि शिक्षामन्त्री पौडेलले मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखलाई दिए यस्तो निर्देशन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखलाई १५-१५ दिनमा कार्यसम्पादनको प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् । शुक्रबार विभागीय प्रमुखसँग बैठक गरेर उनले यस्तो निर्देशन दिएका हुन् ।

    images

    पौडेलले भने, ‘पहिलो हप्ता सक्ने काम के-के हुन् टिपोट गर्नुहोस् । अर्को हप्ता नतिजा निस्कने गरी काम हुनुपर्यो, होइन भने कारण चाहियो ।’ मन्त्रालयमा लामो समयदेखि अड्किएका फाइलहरूको अध्ययन गरी टुङ्ग्याउन सक्ने काम तत्काल गर्न पनि उनले निर्देशन दिए ।

    ‘फाइलहरू अड्काएर हुँदैन । सेवाग्राहीको पनि आशा हुन्छ । हप्ता दिन अध्ययन गरेर काम हुने नहुने निर्णय दिनुहोस्’ पौडेलले भने । उनले मन्त्रालयबाट गरिब, जेहेनदार तथा असहाय विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्ति समयमै विद्यार्थीको हातमा पुर्याउन निर्देशन दिए ।

    मन्त्रालयले बनाएको लक्ष्य पूूरा गर्न कर्मचारीमा सङ्कल्प, इच्छा शक्ति र सक्रियता हुनपर्नेतर्फ जोड दिँदै उनले भने, ‘देश बनाउने जनशक्ति उत्पादन गर्ने थलो शिक्षा मन्त्रालय कमाण्ड कन्ट्रोलमा हुनुपर्छ । कुनै समस्या छन् भने सचिवमार्फत ल्याउनुहोस् ।’

    बैठकमा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउन तयारीमा लाग्न निर्देशन दिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology