Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भारतमा थपिए एक लाख ५८ हजार संक्रमित, मृतकको संख्या तीव्र रुपमा बढ्यो

भारतमा थपिए एक लाख ५८ हजार संक्रमित, मृतकको संख्या तीव्र रुपमा बढ्यो

  • 527
    SHARES
  • भारतमा थपिए एक  लाख  ५८ हजार संक्रमित, मृतकको संख्या तीव्र रुपमा बढ्यो

    एजेन्सी, काठमाडौं । भारतमा कोरोनाको दैनिक नयाँ संक्रमित थपिनेको ग्राफ ओरालो लाग्ने क्रम जारी नै छ । 

    पछिल्लो २४ घण्टामा एक लाख ५८ हजार भन्दा बढी नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अवधिमा दुई लाख ८० हजारले स्वास्थ्य लाभ लिएका छन् । यद्यपी, कोरोनाका कारण ज्यान गुमाउनेको संख्या वृद्धि भएको छ । 

    पछिल्लो २४ घण्टामा एक हजार ७२१ ले कोरोनाका कारण ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार यस अघिको तथ्यांक अनुसार ११८५ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए । 

    हाल भारतमा सक्रिय संक्रमितको सङ्ख्या १६ लाख १३ हजार रहेको छ । कोरोनाको तेस्रो लहरमा भारतमा जनवरी २० मा सबैभन्दा धेरै संक्रमित ९३ लाख ४७ हजार भन्दा बढी० थपिएका थिए । पछिल्लो ११ दिन यता संक्रमित थपिने क्रम ओरालो लागिरहेको छ । 

    भारतको केरल, कर्नाटक, महाराष्ट्र, तमिलनाडु र आन्ध्र प्रदेश सबैभन्दा धेरै प्रभावित राज्य हुन् । 

    भारतमा २० दिनपछि २ लाखभन्दा कम संक्रमित, दैनिक मृतकको सङ्ख्या हजार नाघ्यो भारतमा २० दिनपछि २ लाखभन्दा कम संक्रमित, दैनिक मृतकको सङ्ख्या हजार नाघ्यो

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij