वेबटिभी खबर
काठमाडौं । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाले विद्यालय सहयोगीलाई संघीय सरकारले तोकेको न्युनतम पारिश्रमिक दिएको छैन ।
संघीय सरकारको निर्णयबमोजिम पालिकाले गत साउन महिनाबाट विद्यालय सहयोगीलाई मासिक १५ हजार रूपैयाँ दिनुपर्ने भएपनि पालिकाले मासिक १३ हजार ५०० रूपैयाँ मात्र उपलब्ध गराएको छ ।
पालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) लाई मासिक १५ हजार रूपैयाँ र विद्यालय कर्मचारी (सहायक लेखापाल) लाई मासिक २१ हजार ५०० रूपैयाँ उपलब्ध गराए पनि विद्यालय सहयोगीलाई भने न्युनतम तलब दिएको छैन ।
नगरपालिकाका शिक्षा शाखा अधिकृत दिनेश अर्यालका अनुसार इसीडी शिक्षकहरूलाई मासिक १५ हजार रूपैयाँ दिइएकाले विद्यालय सहयोगीहरूलाई १३ हजार ५०० रूपैयाँ दिइएको हो ।
उनका अनुसार विद्यालय सहयोगीलाई न्युनतम पारिश्रमिक उपलब्ध गराउन छलफल भएकाे छन् । तर, बजेट अभावलगायत विभिन्न कारण निर्णय हुन सकेको छैन । अहिले पालिकाभित्रका सामुदायिक विद्यालयमा ६५ जना इसीडी शिक्षक, ३६ जना विद्यालय सहयोगी र १४ जना लेखापाल कार्यरत छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij