Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

चैत मसान्तभित्र हातहतियार बुझाउन आग्रह

चैत मसान्तभित्र हातहतियार बुझाउन आग्रह

  • 653
    SHARES
  • चैत मसान्तभित्र हातहतियार बुझाउन आग्रह

    काठमाडौं । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले हातहतियार बुझाउँन सूचना जारी गरेको छ ।

    इजाजत लिइ राखेका हातहतियार चैत मसान्तभित्र बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आग्रह गरेका हुन् ।

    तोकिएको म्याद अर्थात् चैत महिनाभित्र हातहतियार नबुझाए कानून बमोजिम कारबाही हुने पनि प्रमुख जिल्ला अधिकारी कवारीले सचेत गराएका छन् ।

    सिरहामा व्यक्तिगत रुपमा इजाजत लिइ राखेका जम्मा तीन सय दुई वटा हातहतियार रहेको कवारीले बताए ।
     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij