Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

पाँच जना मृत अवस्थामा फेला

पाँच जना मृत अवस्थामा फेला

  • 684
    SHARES
  • पाँच जना मृत अवस्थामा फेला

    काठमाडौं । कास्की, नवरलपरासी (पश्चिम), काठमाडौं, मकवानपुर र गोर्खामा पाँच जना मृत अवस्थामा फेला परेका छन् । कास्कीको पोखरा महानगरपालिका-१६ अर्मलास्थित सडक छेउमा सोही ठाउँ बस्ने धादिङ गंगा जमुना गाउँपालिका-२ घर भएका ४५ वर्षीय पुरी लामा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

    नवलपरासी(पश्चिम)को सुनवल नगरपालिका-१३ बडेरास्थित शिव मन्दिर नजिक बाटोको छेउमा सोही ठाउँस्थित घिउडल्ला बस्ने २२ वर्षीय श्याम प्रसाद न्यौपाने बुधबार मृत अवस्थामा फेला परेका छन् । 

    काठमाडौंको गोकर्णेश्वर  नगरपालिका-७ शिब चोकस्थित सटरमा हाल पहिचान नखुलेका करिब ५५ वर्षीय  पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । मकवानपुरको बकैया-२ कैलेनी भिर नजिक हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । 

    गोरखाको गण्डकी गाउँपालिका-६ भुम्लिचोकस्थित त्रिशुली नदीको किनारमा हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij