Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

आरुघाट गाउँपालिकामा कांग्रेस विजयी, अधिकांश वडामा कांग्रेसकै वर्चस्व

आरुघाट गाउँपालिकामा कांग्रेस विजयी, अधिकांश वडामा कांग्रेसकै वर्चस्व

  • 528
    SHARES
  • आरुघाट गाउँपालिकामा कांग्रेस विजयी, अधिकांश वडामा कांग्रेसकै वर्चस्व

    काठमाडौं । गोरखा आरुघाट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार राजु गुरुङले प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर नेपालीलाई पराजित गरेका हुन् । 

    गुरुङ पाँच हजार ५५६ मत प्राप्त गर्दै विजयी भएका हुन् भने नेपालीको पक्षमा चार हजार ८३३ मत खसेको थियो । 
    तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका ऋषिराम खनालले ९१० मत प्राप्त गरेका छन् । 

    उपाध्यक्षतर्फ नेपाली कांग्रेसकी कल्पना नेपाली विजयी भएकी हुन् । उनले पाँच हजार ६३१ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेकपा एमालेकी सिता दाहालले तीन हजार ८१६ मत प्राप्त गरेकी हुन् ।  

    आरुघाट गाउँपालिकाको १० वडा मध्ये अधिकांशमा कांग्रेसको वर्चस्व रहेको छ । वडा नं. १, २, ३, ७ र ८ को वडाध्यक्षमा कांग्रेसले बाजी मारेको हो । त्यस्तै वडा नं. ४, ५, ६ र १० मा एमालेका उम्मेदवार विजय भएका हुन् । बाँकी रहेको वडा ९ मा भने माओवादी केन्द्रका उम्मेदवार बुद्धि प्रसाद श्रेष्ठ विजयी भएका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij