Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

 विद्यार्थीले गरे सार्वजनिक ढुंगे धाराको सरसफाई

 विद्यार्थीले गरे सार्वजनिक ढुंगे धाराको सरसफाई

  • 492
    SHARES
  •  विद्यार्थीले गरे सार्वजनिक ढुंगे धाराको सरसफाई

    काठमाडौं । एक सम्पदा एक स्कुल सरसफाई कार्यक्रमअन्तर्गत भक्तपुरको एभरेष्ट इङ्गलिस स्कुल मिवाछे व्यासीका विद्यार्थीले स्कुल नजिकै रहेको सुकपाली हिटी (सार्वजनिक ढुंगेधारा)को सरसफाई गरेका छन् ।

    स्कुलका कक्षा ९ मा अध्ययनरत २७ जना छात्रछात्राहरूले सामुहिक रुपमा धारा  र आसपासको क्षेत्र सरसफाई गरेका हुन्  । उनीहरूलाई चार जना शिक्षक शिक्षिकाले सहयोग गरेका थिए ।

    उनीहरूले त्यहाँं रहेका झारपात उखेल्ने, बन्द भएको पानीको निकास खोल्ने, जाम भइ बसेको पानी निकाली फाल्ने लगायतका काम गरेका थिए । आ-आफ्नो घर अगाडिको पुरानो ऐतिहासिक ढुंगेधारा सफा गर्न विद्यार्थी आएको देखेपछि स्थानीय खुशी भएका थिए ।

    त्यसपछि उनीहरू पनि छात्रछात्राहरुसँंगै सरसफाईमा जुटेका थिए । यो ढुंगेधारा भक्तपुर नगरपालिका-२ इटापाकेमा रहेको छ । भक्तपुर नगरपालिकाले नगरभरिका ९२ वटा स्कुललाई नजिकैको एउटा एउटा सम्पदा सफा राख्न पत्राचार गरेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij