Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

धनकुटाका नेताहरूले दिए सामुहिक राजीनामा

धनकुटाका नेताहरूले दिए सामुहिक राजीनामा

  • 397
    SHARES
  • धनकुटाका नेताहरूले दिए सामुहिक राजीनामा

    काठमाडौं । माओवादी केन्द्र धनकुटाको सिंगो जिल्ला समन्वय समितिले सामुहिक राजीनामा दिएको छ ।

    केन्द्रमा आबद्ध सबै पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जनवर्गीय कमिटीसहित समन्वय समितिमा रहेकाहरूले ८ असोजमा बैठक बसी पदीय जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

    आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश निर्वाचनमा गठबन्धनका बहानामा पार्टीका कटिबद्ध नेतालाई बहिष्कार गर्न खोजेको भन्दै उनीहरूले राजीनामा दिएका हुन् ।

    धनकुटामा नेपाली कांग्रेसले सुनील थापालाई अघि सारेको छ । बैठकले आगामी निर्वाचनमा धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्न सक्ने जनाधार भएका हेमराज भण्डारीलाई स्वतन्त्र उम्मेदवारको रूपमा समर्थन गर्ने पनि निर्णय गरेको छ ।

    उनी माओवादी केन्द्रका पोलिटब्युराे सदस्य पनि थिए ।

    विज्ञप्ति 

    cpn.jpg
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij