Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कांग्रेसका यी नेता को कहाँबाट चुनाव लड्दैछन् ?

कांग्रेसका यी नेता को कहाँबाट चुनाव लड्दैछन् ?

  • 441
    SHARES
  • कांग्रेसका यी नेता को कहाँबाट चुनाव लड्दैछन् ?

    काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि केही उम्मेदवारको टुंगो लगाएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय बोर्डको बैठकले केही ठाँउको उम्मेदवारको टुंगो लगाएको हो ।

    उम्मेदवार टुंगो लगाएसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट चुनाव लड्ने भएका छन् ।

    त्यस्तै प्रतिनिधिसभातर्फ दार्चुलाबाट दिलेन्द्र बडू, बाजुराबाट बद्रीप्रसाद पाण्डे, अछाम २ बाट पुष्प शाह, मुगुबाट ऐनबहादुर शाही, मनाङबाट टेक प्रसाद गुरुङ, तेह्रथुमबाट सीता गुरुङले चुनाव लड्ने भएका छन् ।

    प्रदेशतर्फ भने जुम्ला (ख) बाट लतितजङ शाही, तेह्रथुम (क) बाट सन्तोश सुब्बा र ताप्लेजुङ (ख) बाट खगेनसिंह हाङ्वाङले चुनाव लड्ने भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij